भदौबाट जसपा नेपालको चार महिने अभियान सु्रु हुँदै, केन्द्रीय सदस्यलाई जिम्मेवारी तोकियो

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ श्रावण ३१, बिहिबार (९ महिना अघि)
  • ५५ पटक पढिएको
भदौबाट जसपा नेपालको चार महिने अभियान सु्रु हुँदै, केन्द्रीय सदस्यलाई जिम्मेवारी तोकियो

साउन ३१, काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय सदस्यहरुलाई  चार महिने अभियानमा खटाएको छ। ललितपुरमा चारदिनसम्म चलेको बैठकले पार्टीका केन्द्रीय नेताहरुलाई आधारभूत संगठन निर्माण अभियानमा खटाएको जसपाका नेता पूर्ण बस्नेतले जानकारी दिए।

जसपा नेपालले पाँच लाख नयाँ संगठित क्रियाशील सदस्य थप्ने लक्ष्य निर्धारण गरेर आधारभूत संगठन निर्माण अभियान सुरु गर्न लागेको हो। बस्नेतका अनुसार पार्टीका २१५ केन्द्रीय सदस्यलाई देशभरिका विभिन्न पालिका समितिको अभियन्ताको रुपमा खटाएको हो। सबै स्थानीय तहअन्तर्गतका टोल, बुथ, वडा, गाउँ नगर, प्रदेश सभा र संघीय निर्वाचन क्षेत्रस्तरसम्म संगठनको सञ्जाल विस्तार गर्ने अभियानको उद्देश्य रहेको छ। अभियानको नेतृत्व केन्द्रीय समितिले गर्नेछ। पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्यहरुलाई अभियानको अनुगमनका लागि खटाइने छ ।

भदौको पहिलो साता सुरू हुने अभियान अध्यक्ष उपेन्द्र यादवले उद्‍घाटन गर्नेछन् । अभियानको क्रममा प्रदेश स्तरीय अभिमुखीकरणको आयोजना गरिने भएको छ । जसअनुसार विराटनगरमा भदौ १८ गते, जनकपुरमा भदौ १५ गते, वीरगञ्जमा भदौ १७ गते, काठमाडौंमा भदौ ९ गते, भैरहवामा भदौ २३ गते, नेपालगञ्जमा भदौ २४ गते, पोखरामा भदौ २५  गते र टीकापुर धनगढीमा भदौ २५ गते प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम हुने छ।

ताजा अपडेट

खोजी गर्नुहोस