अमेरिकी उपविदेशमन्त्री बर्माले प्रधानमन्त्री ओलीलाई भेटे

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ श्रावण ३२, शुक्रबार (९ महिना अघि)
  • ७५ पटक पढिएको
अमेरिकी उपविदेशमन्त्री बर्माले प्रधानमन्त्री ओलीलाई भेटे

साउन ३२,काठमाडौँ । शुक्रबार काठमाडौं ओर्लने बित्तिकै अमेरिकी उपविदेशमन्त्री रिचार्ड आर बर्माले राजनीतिक भेटघाट थालेका छन् ।

अमेरिकाका व्यवस्थापन तथा स्रोतसम्बन्धी उपविदेशमन्त्री बर्माले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सिंहदरबारमा शुक्रबार दिउँसो भेटेका हुन् ।

प्रधानमन्त्री ओलीसँग बर्माको आर्थिक विकास, महिला सशक्तिकरण, ऊर्जा क्षेत्रमा सहकार्य सम्भावना लगायत विषयमा कुराकानी भएको स्रोतले बतायो । ‘दिगो विकास रणनीतिमा नेपालले प्राप्त गरिरहेको उपलब्धिलाई कसरी तीव्रता दिने भन्ने विषयमा पनि कुराकानी भएको छ,’ बैठकमा सहभागी नेपाली टोलीका एक सदस्यले बताए ।

भेटमा प्रधानमन्त्री ओलीले अमेरिकामा हुन गइरहेको राष्ट्रपति चुनावका बारेमा सामान्य चासो राखेको बुझिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस