मौसम पूर्वानुमान

साताभर मनसुनी वायुको प्रभाव, धान बालीमा नोक्सान हुनेमा चिन्ता

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ आश्विन ४, शुक्रबार (८ महिना अघि)
  • ६५ पटक पढिएको
साताभर मनसुनी वायुको प्रभाव, धान बालीमा नोक्सान हुनेमा चिन्ता

असोज ४, काठमाडौँ । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले साताभर मनसुनी वायुको प्रभाव रहने जनाएको छ । आगामी बिहीबारसम्म देशको हिमाली, पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली तथा तराई क्षेत्रमा साताको सुरुमा आंशिक बदलीदेखि मुख्यतया सफा, मध्य र अन्त्यमा आंशिक बदलीदेखि साधारणतया बदली रहने सम्भावना रहेको महाशाखाले जनाएको हो ।

‘साताको मध्य र अन्त्यमा देशका तराई भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साताको सुरूमा देशका हिमाली तथा पहाडी भू–भागका एक–दुई स्थानमा, मध्य र अन्त्यमा केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

#मौसम पूर्वानुमान

ताजा अपडेट

खोजी गर्नुहोस