धनुषामा हिरासतबाट आठ थुनुवा फरार

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८१ आश्विन ७, सोमबार (७ महिना अघि)
  • ६२ पटक पढिएको
धनुषामा हिरासतबाट आठ थुनुवा फरार

असोज ७, जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतबाट आठ जना थुनुवा फरार भएका छन् । आइतबार राति भेन्टिलेशन तोडेर आठ थुनुवा भागेको प्रहरी स्रोतले जनाएको छ ।

हिरासतबाट भागेका नौं जनामध्ये एक जनालाई भने नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । फरार हुनेमा लागुऔषध मुद्दाका अमितकुमार झा, रंजित मण्डल, रोशनकुमार मण्डल, अभास्कर कुमार यादव, विशाल मुखिया र अभद्र व्यवहारमा पक्राउ परेका मनिष मण्डल र बिक्की कार्कीका साथै एक जना नाबालक छन् ।

फरारहरूको खोजीका लागि रातिदेखि नै प्रहरी विभिन्न ठाउँमा सर्च अभियान चलाएको छ । सीमा क्षेत्रमा समेत निगरानी बढाइएको छ । धनुषाका प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले आठ जना थुनुवा हिरासतबाट भागेको सुनेको बताएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस