नेपाल बार एशोसिएन

बार अध्यक्ष घिमिरेविरुद्ध अदालतको अवहेलना मुद्दाको सुनुवाइ सकियो

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ कार्तिक १, बिहिबार (७ महिना अघि)
  • ६७ पटक पढिएको
बार अध्यक्ष घिमिरेविरुद्ध अदालतको अवहेलना मुद्दाको सुनुवाइ सकियो

कार्तिक १, काठमाडौँ । नेपाल बार एशोसिएनका अध्यक्ष वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेविरुद्ध अदालतको अवहेलना मुद्दाको सुनुवाइ सकिएको छ । न्यायाधीश कुमार रेग्मी र डा। कुमार चुडालको संयुक्त इजलासमा अध्यक्ष घिमिरेविरुद्धको मुद्दामा सुनुवाइ सकिएको सर्वोच्च अदालत प्रशासनले जनाएको छ ।

न्याय परिषदले गरेका निर्णयहरूका विषयलाई लिएर सर्वोच्च अदालत प्रशासनले बारका अध्यक्ष घिमिरेविरुद्ध अदालत अवहेलनाको मुद्दा दायर गरेको थियो । न्यायपरिषदको असोज ११ गतेको बैठकले नृपध्वज निरौला र नित्यानन्द पाण्डेलाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेपछि बार अध्यक्ष घिमिरेले प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले ‘लेनदेन’ का आधारमा न्यायाधीश सिफारिस गरेको अभिव्यक्ति दिएका थिए ।

#नेपाल बार एशोसिएन

ताजा अपडेट

खोजी गर्नुहोस