नेताहरू आन्तरिक काममा व्यस्त हुँदा समाजवादी मोर्चाको बैठक अलपत्र

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ कार्तिक १३, मंगलबार (६ महिना अघि)
  • ६१ पटक पढिएको
नेताहरू आन्तरिक काममा व्यस्त हुँदा समाजवादी मोर्चाको बैठक अलपत्र

कार्तिक १३, काठमाडौँ । समाजवादी मोर्चामा आबद्ध दलहरू आन्तरिक क्रियाकलापमा व्यस्त हुँदा मोर्चाको कार्यक्रम अलपत्र परेको छ ।

दसैँ लगत्तै मोर्चाको बैठक बस्ने तयारी भइरहेको नेपाल कम्युनिस्ट पार्टीका महासचिव एवं मोर्चाका संयोजक नेक्रविक्रम चन्द विप्लवले जानकारी दिएका थिए । तर माओवादी केन्द्र, एकीकृत समाजवादी आन्तरिक क्रियाकलापमा व्यस्त हुँदा बैठक बस्न नसकिएको नेकपाका नेता कर्णजित बुढाथोकीले जिकिर गरे ।

‘सबै दलका नेताहरू आन्तरिक काममा व्यस्त छन् । त्यसैले दसैँ अगाडि बैठक बस्न नसकेको हो । अब तिहार पछाडि बस्छ होला’,  बुढाथोकीले भने । यही कात्तिक २२ गते बस्ने भनिएको केन्द्रीय समिति बैठक पनि अब तिहारपछि बस्ने उनले जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस