चैत्र १४,काठमाडौँ । प्रेस चौतारी नेपालका पूर्वअध्यक्ष राजेन्द्र अर्याललाई पितृशोक परेको छ ।
अर्यालका ७३ वर्षीय पिता चम्पबहादुर अर्यालको आज बिहान काठमाडौँस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो । मालिका गाउँपालिका गुल्मी स्थायी घर भएका अर्याल फोक्सोको क्यान्सरबाट पीडित थिए ।
पूर्वअध्यक्ष अर्याल जेठा छोरा हुन् । अर्यालका दुई श्रीमती चार छोरा र एक छोरी छन । उहाँको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिनेछ