चीन सरकारले अनुदानमा दिएको जहाज सरकारलाई भयो निल्नु न ओकल्नु !

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ चैत्र १५, शुक्रबार (६ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

चैत्र १५,काठमाडौँ । सरकारी स्वामित्वको राष्ट्रिय ध्वजावाहक विमान सेवा कम्पनी नेपाल वायुसेवा निगमलाई चीन सरकारले अनुदानमा दिएको जहाज पछिल्लो समय निल्नु न ओकल्नु भएको छ।

६ वर्षअघि चिनियाँ अनुदानमा ल्याइएको वाई–१२ का दुई र एमए–६० को एक जहाज लामो समयदेखि ग्राउन्डेड छन्। जहाजले उडान भर्ने दिनभन्दा ग्राउन्डेड हुने दिन बढी भएपछि समस्या हुँदै आएको छ।

प्रत्येक ६र६ महिनामा वाई–१२ जहाजका पाइलटको सीप परीक्षण प्रमाणपत्र (पीपीसी) नवीकरण समेत नहुँदा विमान ग्राउन्डेड भएका हुन्।

पाइलटको पीपीसी नवीकरणका लागि वाई–१२ जहाजका पाइलट चीन जानुपर्छ। तर पाइलटको पीपीसी नवीकरणमा चीन सरकारले अलमल गर्दा र नेपालमा पर्याप्त पाइलट नहुँदा उडानयोग्य जहाज पनि विमानस्थलमै ग्राउन्डेड अवस्थामा छन्।

वाई–१२ जहाज उडान गर्दै आएका दुई पाइलटको पीपीसी नवीकरण नहुँदा जहाज उडाउन नसकिएको हो। वाई–१२ का प्रशिक्षक पाइलट आङनुरी शेर्पा र सञ्जय बादेको पीपीसी नवीकरणमा चीन सरकारले चासो नदिएको निगम स्रोतले बतायो।

सोही कारण पाइलट अभावले उडान रोकिएका वाई–१२ का तीनवटै जहाज पालैपालो निपेन्द्र भट्टराईले उडाउँदै आएका छन्।

वाई–१२ को चार जहाजमध्ये हाल तीनवटा जहाजले उडानका लागि योग्य भएर पनि उडान भर्न नसकेका हुन्।

तर यता निगमले महंगो बीमा शुल्क, पाइलट तथा इञ्जिनियरहरुको मासिक तलब खर्च तथा त्रिभुवन विमानस्थल कार्यालयको पार्किङ शुल्क भने नियमित रुपमा बुझाउँदै आएको छ।

चिनियाँ अनुदानमा ल्याइएका जहाजको खर्च निगमले अरु जहाजबाट परिपूर्ति गर्दै आएको छ।

हाल नेपाल वायुसेवा निगमको ६ वटा विमान ग्राउन्डेड छन्।

वाई–१२ को ३ विमान ग्राउन्डेड हुन्छन्। निगमका सह–प्रवक्ता नवराज कोइरालाका अनुसार निगमको बोइङ ७५७ ले लामो समयदेखि उडान नै भर्नसकेको छैन।

त्यस्तै एमए–६० को एक विमान र टिवनअटर अर्को विमान पनि ग्राउन्डेड रहेका छन्।

वि।सं।२०६९ सालमा नेपाल सरकार र चीन सरकारबीच भएको सम्झौताअनुसार निगमले ६ वटामध्ये दुई वाई १२ ई र एउटा एमए ६० विमान चिनियाँ अनुदानमा नेपालले प्राप्त गरेको थियो।

अनुदानबाहेकका दुई वाई १२ ई र एउटा एमए ६० विमान एक्जिम बैंकको सहुलियत ऋणमा खरिद गरिएको थियो।

ताजा अपडेट

खोजी गर्नुहोस