बादल र अस्मिताको अभिनयमा ‘ न दिन सकेँ खुसी तिमीलाई ‘

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०८१ चैत्र २९, शुक्रबार (४ हप्ता अघि)
  • ६६ पटक पढिएको
बादल र अस्मिताको अभिनयमा ‘ न दिन सकेँ खुसी तिमीलाई ‘

चैत्र २९, काठमाण्डौँ ।  मोडल बादल घिमिरे र अस्मिता सुबेदीको अभिनयमा ‘ न दिन सकेँ खुसी तिमीलाई ‘ गीतको भिडियो सार्वजनिक भएको छ । सन्जिबकुमार पौडेलको शब्द / संगीत / स्वर रहेको गीतमा कलाकार बादल घिमिरे र अस्मिता सुबेदी प्रेमी प्रेमिकाको जोडीको रूपमा देखिएका छन् भने गीता बिष्ट पनि सहायक भुमिकामा देखिएकी छन् ।

भिडियोमा प्रेमिकालाई खुसी दिन नसकेको र आफू पनि खुसी नभएको कथा ब्यक्त गरिएको छ । बिक्रम चौहानको निर्देशन , प्रकाश खड्काको छायाँकन , लक्ष्मण चौहानको सम्पादन र मिलन विश्वकर्माको रंग सम्पादन रहेको भिडियो दर्शक स्रोताहरूले मन पराएका छन् । भिडियो संजिबकुमार पौडेल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस