काठमाण्डौ उपत्यकासहित देशभरिकै मौसम बदली

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७५ चैत्र १६, शनिबार (६ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

चैत १६, काठमाडौँ । काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँको मौसम अहिले बदली भएको छ ।

पूर्व र पश्चिममा रहेको न्यूनचापीय क्षेत्रको प्रभावले अहिले देशभरिकै मौसम बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाकी मौसमविद् मन्जु बासीका अनुसार यो प्रणाली पश्चिममा कमजोर हुँदै गएकाले आज पश्चिमको मौसम एकैछिन खुल्दै बदली हुनेछ । तर काठमाण्डौसहित मध्य र पूर्वी क्षेत्रको मौसम भने सामान्यतया बदली भई दिउँसोपछि मेघगर्जन र हावाहुरीसहित पानी पर्ने उनको अनुमान छ ।

यस्तै उच्च हिमाली क्षेत्रमा हिमपात पनि हुने सम्भावना छ । अहिले बदली गराएको प्रणाली पूर्वमा अझै रहने देखिएकाले मध्य र पूर्वको मौसम एक दुई दिन पूर्ण रुपमा खुल्ने सम्भावना नभएको मौसमविद् मन्जु बासीले बताईन् ।

ताजा अपडेट

खोजी गर्नुहोस