वैशाख २६, काठमाडौं । परराष्ट्र मन्त्रालयले नेपाल सबै प्रकारका आतंकवादविरुद्ध उभिने स्पष्ट पारेको छ । बिहीबार साँझ मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै भारत–पाकिस्तानबीच जारी तनावको विषयमा नेपाल सबै खाले आतंकवादको विरूद्धमा रहेको उल्लेख गरेको हो ।
भारत–पाकिस्तानबीच बढेको तनावले नेपाल चिन्तित रहेको पनि मन्त्रालयले जनाएको छ । मन्त्रालयले दुःखद घटनामा नेपाल–भारत एकठाउँमा उभिएका र आततायी आक्रमणको तत्कालै आलोचना गरेको पनि जनाएको छ ।
नेपालले आफ्नो भूमिबाट छिमेकी मुलुकविरुद्ध हुने कुनै पनि प्रकारका अवाञ्छनीय गतिविधि हुन नदिने पनि स्पष्ट पारेको छ । यस्तै मन्त्रालयले दुई देशबीचको द्वन्द्व कम हुने र चाँडै शान्ति स्थापना हुने आशा पनि व्यक्त गरेको छ ।