७३ औं कानुन दिवस: न्यायमा सबैको पहुँच सुनिश्चिततामा जोड

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८२ बैशाख २६, शुक्रबार (१६ घण्टा अघि)
  • ४२ पटक पढिएको
७३ औं कानुन दिवस: न्यायमा सबैको पहुँच सुनिश्चिततामा जोड

वैशाख २६, काठमाडौं । आज ७३ औं कानुन दिवस । न्यायपालिकाप्रतिको जनविश्वासलाई अझ बलियो बनाउन तथा न्यायमा सबैको पहुँच सुनिश्चिततामा जोड दिएर मनाइँदै छ ।

प्रधान न्यायालय ऐनमा वि.सं. २००९ वैशाख २६ गते राजा त्रिभुवनबाट लालमोहर लगाएको दिनको स्मरणमा आजको दिनलाई कानुन दिवसका रूपमा मनाउन थालिएकोे हो । उक्त ऐन २००९ साल पुस ८ गतेको गजेटमा प्रकाशन भई प्रधान न्यायालय गठन भएको र त्यसैको जगमा हालको सर्वोच्च अदालतको स्थापना भएको हो ।

न्यायपालिकालाई कार्यपालिकाबाट पृथक राखी स्वतन्त्र, निष्पक्ष र तटस्थ न्यायपालिकाको स्थापना, विधिको शासन र आधुनिक न्याय प्रणालीको शुरुवात यही दिनदेखि भएको मानिन्छ ।

यसैबीच दिवशका अवसरमा सर्वोच्च अदालतले आज विशेष कार्यक्रमको आयोजना गरेको छ । दिउँसो २ बजे हुने बानेश्वरस्थित एक होटलमा हुने कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीकोसमेत उपस्थिति रहने सर्वोच्च प्रशासनले जनाएकोे छ ।

ताजा अपडेट

खोजी गर्नुहोस