वैशाख २७, काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप एशिया छनोटमा नेपालले आज बहराइनसँग खेल्दैछ । खेल थाइल्याण्डमा बिहान पौने ९ बजे शुरू हुनेछ ।
यसअघि हिजोको खेलमा वर्षा बाधक बन्दा टस समेत हुन नसकी नेपाल र हङकङले अकं बाडेका थिए ।
एशिया छनोटमा नेपालसँगै आयोजक थाइलयाण्ड, भुटान, कुवेत, कतार, मलेसिया, हङकङ, बहराइन र यूएईको सहभागिता रहेको छ ।
नेपाल बहराइन र हङकङसँगै समूह ‘सी’ मा रहेका छन् । नेपालले मङ्गलवार फेरि हङकङसँग र बुधवार बहराइनसँग खेल्ने तालिका छ ।
हरेक समूहका टोलीले एकआपसमा दुई खेल खेलेपछि समूहको शीर्ष टोलीले सुपर–३ मा स्थान बनाउनेछ । सुपर–३ बाट शीर्ष दुई टोली ग्लोबल छनोट चरणमा पुग्ने छन् ।