हङकङसँग नेपालको हार

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०८२ बैशाख ३०, मंगलबार (१० घण्टा अघि)
  • ४६ पटक पढिएको
हङकङसँग नेपालको हार

वैशाख ३०, काठमाडौं । आइसिसी महिला टी–२० विश्वकप एसिया छनोटमा नेपाल हङकङसँग पराजित भएको छ । मंगलबार भएको आफ्नो तेस्रो खेलमा नेपाल हङकङसंग सात विकेटले पराजित भएको हो ।

जितका लागि नेपालले दिएको ३० रनको लक्ष्य हङकङले तीन बल बाँकी छँदै मात्रै तीन विकेटको क्षतिमा पूरा गर्यो । हङकङको जितमा शान्जिन शहजादले अविजित रहँदै सर्वाधिक १५ तथा मारिको हिलले ११ रन जोडिन् ।

नेपालकी कविता कुँवरले दुई विकेट लिइन् ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित पाँच ओभरमा तीन विकेट गुमाउँदै २९ रन बनाउको थियो । वर्षाका कारण पाँच ओभरमा खेल छोट्याईएको थियो ।

नेपालका लागि सम्झना खड्काले सर्वाधिक १० रन जोडिन् । कप्तान इन्दु बर्माले अविजित ९ रन बनाउँदा रुविना क्षेत्री बेलबासे चार तथा पूजा महतोले तीन रन बनाइन् ।

हङकङकी मेई बाई सियुले तीन विकेट लिइन् ।

जितसँगै हङकङ समूह सी को शीर्ष स्थानमा उक्लिएको छ । हङकङको तीन खेलबाट चार अंक छ । नेपालको भने समान खेलबाट तीन अंक छ ।

ताजा अपडेट

खोजी गर्नुहोस