जेठ ४, काठमाडौं । क्रिस्टल प्यालेसले पहिलो पटक एफए कपको उपाधि जितेको छ । वेम्बली स्टेडियममा शनिबारराति भएको खेलमा प्यालेसले म्यानचेस्टर सिटीलाई १–० ले हराउँदै उपाधि जितेको हो ।
प्यालेसका इबेरेची एजेले पहिलो हाफमा गरेको गोल नै उपाधि जित्न पर्याप्त बन्यो । एजेले १६ औं मिनेटमा गोल गरेका थिए ।
प्रिमियर लिगको उपाधि रक्षा गर्न नसकेको सिटी च्याम्पियन्स लिग र लिग कपमा पनि सफल हुन सकेको थिएन । सिटी यो सिजन ट्रफीविहिन भयो । प्यालेसले भने पहिलो पटक ठूलो उपाधि जितेको हो ।