लखनउ आइपीएलको प्ले अफ‌ दौडबाट बाहिरियो

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०८२ जेष्ठ ६, मंगलबार (१५ घण्टा अघि)
  • ३८ पटक पढिएको
लखनउ आइपीएलको प्ले अफ‌ दौडबाट बाहिरियो

जेठ ६, काठमाडौं । लखनउ सुपर जायन्ट्स इन्डियन प्रिमियर लिग (आइपीएल) को प्ले अफ‌ दौडबाट बाहिरिएको छ । सनराइजर्स हैदराबादसँग गएराति ६ विकेटले हारसँगै लखनउ‌ प्ले अफबाट बाहिरिएको हो ।

अब दिल्ली क्यापिटल्स र मुम्बई इण्डियन्स प्ले अफ दौडमा छन् । गुजरात टाइटन्स, रोयल च्यालेन्जर्स बैंगलुरु र पन्जाब किंग्स यसअघि नै प्ले अफमा पुगिसकेका छन् ।

एकाना स्टेडियममा लखनउले दिएको २ सय ६ रनको लक्ष्य हैदराबादले १८।२ ओभरमा ४ विकेट गुमाएर भेट्टायो । ओपनर अभिषेक शर्माले ५९ रनको अर्धशतकीय पारी खेले । हेन्रिक क्लासनले ४७, इशान किशनले ३५, रिटायर्ड हर्ट भएका कमिन्दु मेन्डिसले ३२ रन बनाए ।

लखनउका दिगभेस राठीले २ तथा सार्दुल ठाकुर र विल ओरुकेले समान १ विकेट लिए ।

त्यसअघि टस जितेर हारेर पहिले ब्याटिङ गर्न आएको लखनउले २० ओभरमा ७ विकेट गुमाउँदै २ सय ५ रनको योगफल बनायो । सानदार सुरुवात गरेको लखनउले पहिलो विकेटको लागि शतकीय साझेदारी गर्यो ।

ओपनरद्वय मिचेल मार्स र एडम मारक्रमले १ सय १५ रनको सानदार साझेदारी गरे । मिचेलले ६५ रन र एडमले ६१ रन बनाएर आउट भए । निकोलस पुरनले ४५ रन जोडे ।

हैदराबादका लागि एसान मालिङ्गाले सर्वाधिक २ विकेट लिए । हर्ष दुबे, नितिश कुमार पटेल र हर्षल पटेलले समान १ विकेट लिए ।

लखनउले १२ खेलबाट १० अंक बनाएको छ‌ । प्ले अफबाट पहिले नै बाहिरिसकेको हैदराबादको मात्र ९ अंक भएको‌ छ ।

प्रतियोगिता अन्तरगत आज चेन्नई सुपरकिंग्स र राजस्थान रोयल्सबीच खेल हुनेछ ।

ताजा अपडेट

५ घण्टा अघि

शेयर बजारमा उछाल

खोजी गर्नुहोस