बारा हुरी वितण्डा: पिनले पिडितलाई दुईलाख बराबरको राहतसहित प्राविधिक सहयोग गर्ने !

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७५ चैत्र १९, मंगलबार (६ साल अघि)
  • ३१ पटक पढिएको
Post Thumbnail

चैत्र १९,काठमाडौँ । प्रोगेसिभ ईन्जिनियरिङ एशोसिएशन नेपाल (पिन) ले भिषण हावाहुरीबाट प्रभावित बारा र पर्साका आँधि पिडितहरुलाई प्राविधिक,आर्थिक र अन्य आवश्यक सहयोग गर्ने भएको छ । पिनले दुई लाख बराबरको पिनले प्रकोपमा ज्यान गुमाउनेप्रती श्रदाञ्जली व्यक्त गर्दै घाईतेको सिघ्र स्वस्थ्य लाभको समेत कामना व्यक्त गरेको छ । पिनको टोलीले प्रभावित क्षेत्रमै गएर त्यहाँको आवश्यकता अनुसारको राहत सामाग्री वितरण गर्नेछ ।

पिनको तर्फ बाट राहात तथा पुनर्स्थापना समिती नै गठन गरिएको पिनका प्रचार विभाग प्रमुख कृष्ण सापकोटाले अनलाईन केन्द्रलाई बताए । उनले पिडितको सहयोगका साथसाथै उनिहरुको तत्कालिन बसोबासका लागी डिजाईन संगै स्थायी बसोबासको लागी कस्तो संरचना आवश्यक छ भन्ने अध्ययन गर्नेछ ।

प्रभावित क्षेत्रमा नागरिकको उपयुक्त आवास कस्तो बनाउदा ठिक हुन्छ भन्ने निष्कर्षसहित केन्द्र सरकारलाई आवासको मोडेल तयार पारेर बुझाउने सापकोटाले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस