विश्वकप लिग-२: लगातार तेस्रो जितको खोजीमा नेपाल

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०८२ जेष्ठ २५, आईतबार (८ घण्टा अघि)
  • ६४ पटक पढिएको
विश्वकप लिग-२: लगातार तेस्रो जितको खोजीमा नेपाल

जेठ २५, काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेपाल, स्कटल्यान्ड र नेदरल्यान्ड्स सम्मिलित एक दिवसीय त्रिकोणात्मक सिरिजको आफ्नो तेस्रो खेलमा नेपालले आज स्कटल्यान्डसँग खेल्दैछ ।

स्कटल्यान्डको डुन्डीस्थित फोर्थहिलमा हुने खेल आइतबार दिउँसो ३ः४५ बजेदेखि सुरु हुनेछ । सिरिजमा लगातार दुई जित निकाल्दै अपराजित रहेको नेपाली टोली तेस्रो जितको खोजीमा छ ।

सिरिजको पहिलो खेलमा नेपालले स्कटल्यान्डलाई १ बल बाँकी रहँदा १ विकेटले हराएको थियो । यस्तै सिरिजको दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्सलाई ५ विकेटले हराएको थियो । नेपालसँग पराजित भएको स्कटल्यान्ड हारको बदला लिने दाउमा छ ।

जारी सिरिजमा स्कटल्यान्डले एक खेलमा जित र एक खेलमा हार भोगेको छ । स्कटल्यान्डले नेदरल्यान्डलाई भने ४४ रनले हराएको थियो । सिरिजमा नेदरल्यान्डसले जितविहिन छ ।

नेपाल १४ खेलमा चार खेलमा जित, ८ खेलमा हार र २ खेलमा अंक बाँडेर १० अंकसहित तालिकाको सातौँ स्थानमा छ । लिगको १८ खेलमध्य १० खेलमा जित, ६ खेलका हार र २ खेलमा अंक बाँडेको स्कटल्यान्ड २२ अंकसहित तालिकाको चौथो स्थानमा छ ।

ताजा अपडेट

खोजी गर्नुहोस