शिक्षा समितिमा सुमनाको प्रश्न: ऐन कानून संसदले बनाउने कि संघसंगठनले ?

  • अनलाइन केन्द्र
  • / अन्य /
  • २०८२ जेष्ठ ३१, शनिबार (१ दिन अघि)
  • ८० पटक पढिएको
शिक्षा समितिमा सुमनाको प्रश्न: ऐन कानून संसदले बनाउने कि संघसंगठनले ?

जेठ ३१, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सुमना श्रेष्ठले ऐन, कानून जननिर्वाचित संसदले बनाउने कि संघसंगठनले बनाउने भन्दै प्रश्न गरेकी छिन् ।

शनिबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै सांसद श्रेष्ठले ऐन, कानून संघसंगठनले बनाउने हो भने जननिर्वाचित संस्था र गणतन्त्रको के काम भन्दै आक्रोश व्यक्त गरिन ।

‘अंग्रेजी उखान अनुसार ‘कुकुरले पुच्छर हल्लाउने कि ? पुच्छरले कुकुर हल्लाउने ?’ भन्ने मेरो प्रश्न छ । हामीले विधेयक बनाउने कि संघ संगठनले बनाउने रु यो कानुन बनाउँदै नबनाउने हो भने यो गणतन्त्रको के काम ?,’ उनले प्रश्न गरेकी छिन् ।

नेताहरू राजनीतिक भाषण दिन जान्ने तर कुनकुन कानुनले काम गर्छ भनेर थाहा नपाउने अवस्था रहेको उनले उल्लेख गरिन् । भएका छलफल र सहमति कार्यान्वयनमा लैजानुपर्नेमा उनले जोड दिइन् । त्यो कार्यान्वयनमा नलैजाने भए समितिमा छलफल गर्नुको कुनै अर्थ नहुने उनको भनाइ थियो।

निजी र सामुदायिकका बीचमा जुन काम हुनुपर्ने हो त्यो पनि नभएको उनको भनाइ थियो । हरेक सांसदलाई तीन तीन करोड बाँड्ने आयोजना रोक्नुपर्ने उनले बताइन् ।

‘राजनीतिक दोहोरो चरित्र भयो । बजेटमा शिक्षाको बजेट २ खर्ब ११ अर्ब छ सुन्दा सबैभन्दा ठूलो छ,’ उनले भनिन्, ‘यसपाली महंगी भत्ता बढाउने भनिएको थियो पोहोरभन्दा ३ हजार बढाइयो पनि । तर, त्यसमा शिक्षकलाई कसरी समायोजन गरिन्छ भन्ने कुरा प्रतिवेदनमा उल्लेख अझै हुन सकेको देखिएन ।’

ताजा अपडेट

खोजी गर्नुहोस