असार ५, काठमाडौं । त्रिकोणात्मक टी–२० सिरिज अन्तरगत नेपालले आज नेदरल्याण्ड्ससँग दोस्रो खेल खेल्दैछ । खेल नेपाली समय अनुसार साँझ ७ः४५ बजे स्कटल्याण्डको ग्लास्कोमा सुरु हुनेछ ।
नेपाल, स्कटल्याण्ड र नेदरल्याण्ड्स सम्मिलित सिरिजको पहिलो खेलमा नेपाल नेदरल्याण्डसँग सुपर ओभरमा पराजित भएको थियो । नेपालले घरेलु टोली स्कटल्याण्डलाई लोस्कोरिङ गेममा २ विकेटले हराएको छ ।
जारी प्रतियोगितामा गएराति नेदरल्याण्डले स्कटल्याण्डलाई १९ रनले हराउँदै तालिकाको शीर्ष स्थानमा छ । नेपाल र स्कटल्याण्डले भने एक एक खेल जितेका छन् । नेपाल २ अंकका साथ तेस्रो स्थानमा हुँदा समान अंकका साथ स्कटल्याण्ड दोस्रो स्थानमा छ ।
नेपालले भोलि घरेलु टोलीसँग प्रतियोगिताको अन्तिम खेल खेल्नेछ ।