‘हुरीबतास चल्छ, मेघ गर्जनसहित पानी पर्छ’

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७५ चैत्र २२, शुक्रबार (६ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

चैत २२, काठमाडौँ । देशका विभिन्न भूभागहरुमा शुक्रबारको मौसम आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पूर्वी तथा मध्य भूभागका केही स्थानमा र पश्चिमी भूभागका थोरै स्थानहरुमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।
यस्तै तराईका सीमानामा र पश्चिमी पहाडका थोरै स्थानमा हुरीबतास चल्ने सम्भावना रहेको मौसमविदले बताएका छन् ।

उच्च हिमाली भूभागहरुका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस