काठमाडौं । जनता बैंक नेपाल लिमिटेड ९ वर्ष पुरा गरि १०औं वर्षमा प्रवेश गरेको छ । यस अवसरमा बैंकले विविध कार्यक्रमहरु गर्दै आफ्नो वार्षिक उत्सव सम्पन्न गरेको छ ।
दशौं वर्ष प्रवेशको यस शुभ–अवसरमा शनिबार विहान प्रभातफेरी सम्पन्न गरिएको छ । बैकिङ्ग साक्षरता सम्बन्धी चेतना मुलक ब्यानर र प्लेकार्ड सहित सम्पन्न भएको प्रभातफेरी कार्यक्रममा बंैक संचालक समितिका अध्यक्ष, संचालकहरु, र काठमाडौं उपत्यकाका शाखामा रहेका सबै कर्मचारीहरुको सहभागिता रहेको थियो । यस्तै प्रकारको प्रभातफेरी कार्यक्रम उपत्यका बाहिर रहेका अन्य शाखाहरुमा पनि सम्पन्न गरिएको छ ।
देशको ग्रामिण क्षेत्रमा रहेका महिलाहरुको ‘स्वस्थ्य नारी पहल’ अभियान संचालन गरेको छ । कुन्तावेशी शाखा, काभे्रपाल्चोकमा निःशुल्क बृहत स्वास्थ्य शिविरको आयोजना गरेको बैंकले जनाएको छ । यसैगरी केन्द्रिय कार्यालय, सेन्ट्रल बिजनेस पार्क, थापाथलीमा निःशुल्क थायोराइट, सरभाईकल क्यान्सर तथा स्तन क्यान्सर सम्बन्धित परिक्षण शिविर राखिएकोमा २६७ जनाले सेवा लिएका थिए ।
साथै सुर्खेत शाखा, विरेन्द्रनगर सुर्खेतमा निःशुल्क दन्त परिक्षण शिविर राखिएकोमा २०० जनाले सेवा लिएका थिए, उनिहरुलाई निःशुल्क औषधि पनि वितरण गरिएको थियो । त्यस्तै रुपनी शाखा, सप्तरीमा गरिएको वृहत आँखा शिविरमा १३५ जनाको निःशुल्क मोतिविन्दुको अप्रेसन गरिनुका साथै निःशुल्क चस्मा पनि वितरण गरिएको थियो ।
रक्तदान कार्यक्रमलाई जनता बैंकले हरेक बार्षिकोत्सवमा महत्वका साथ निरन्तरता दिदै आएको छ । यसै अवसरमा चैत्र २३ गते बैंकको केन्द्रिय कार्यालय – थापाथली, सुर्खेत, घोराही, नारायणघाट, पोखरा, भैरहवा, नेपालगञ्ज, धनगढी लगायतका शाखाहरुमा पनि वृहत रक्तदान कार्यक्रम राखिएको थियो । उक्त कार्यक्रमबाट १६० प्वाइन्ट रगत संकलन भएको छ ।
सोही अवसरमा महिला तथा वालवालिका संरक्षण घर, अत्तरीयामा शैक्षिक तथा सरसफाई साम्रगी हस्तान्तरण कार्यक्रम राखिएको थियो । त्यस्तै, मुर्गिया शाखाबाट निःसहाय तथा जेहनदार विधार्थीहरुलाई शैक्षिक साम्रगीहरु हस्तान्तरण गरिनुका साथै महेन्द्रनगर र नारायगढ शाखाको बृद्धाआश्रमहरुमा खाना खुवाउने व्यवस्था पनि मिलाईएको थियो।
जनता बैंक नेपाल लिमिटेडले देशको विभिन्न भागका सरकारी स्कूलमा अध्ययनरत वालवालिकाहरुलाई नियमित छात्रवृत्ति प्रदान गर्दै आइरहेको छ । यसै अवसरमा विभिन्न विद्यालयका २ जना विद्यार्थीलाई रु। १० हजार नगद छात्रवृत्ति वितरण पनि गरिएको छ ।
बैंकको हाल १२८ वटा शाखा कार्यालय, ९४ वटा एटिम, ५० शाखा रहित बैंकिङ्गबाट कारोबार गर्दै ७०.९४ अर्ब निक्षेप संकलन र ६५.६९ अर्ब कर्जा लगानी गरेको छ ।