चैत २५, काठमाडौँ । सरकारले नयाँ आर्थिक वर्षको बजेटको तयारी थालेको छ । आउँदो आर्थिक वर्षदेखि नयाँ योजना लागु हुने भएकाले बजेटको तयारीले थप चासो पाएको छ ।
बजेटको तयारी अन्तर्गत सोमबार संसद अन्तर्गतको अर्थ समितिमा प्रि–बजेटबारे छलफल हुँदैछ । छलफलमा सांसदसँगै बजेटको तयारीमा जुटेका अर्थ मन्त्रालयका पदाधिकारीको पनि सहभागिता हुनेछ ।