आयल निगमले बोनस बाँड्न नपाउने

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ चैत्र ३०, शनिबार (६ साल अघि)
  • २६ पटक पढिएको
Post Thumbnail

चैत ३०, काठमाडौँ । आयल निगमले कर्मचारीलाई बोनसका लागि विनियोजन गरेको तीन अर्ब १३ करोड रुपैयाँ बाँड्न नपाउने भएको छ।

निगमले बोनस ऐनविपरीत रकम छुट्याएकाले रकम वितरण गर्न नमिल्ने सरकारले जनाएको हो।
महालेखा परीक्षकको कार्यालयले शुक्रबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार निगमले बोनस खातामा छुट्याएको रकम बोनस ऐन, २०३० विपरित हो। उक्त रकम निगमको आयमा जम्मा गर्न महालेखाले निर्देशन दिएको छ।

निगमले बोनसका लागि भन्दै आर्थिक वर्ष ०७४/०७५ सम्म तीन अर्ब १८ करोड २३ लाख १३ हजार रुपैयाँ जम्मा गरेको छ।

निगमले चालु आवमा कर्मचारीका लागि बोनस भन्दै पौने पाँच करोड रुपैयाँभन्दा वढी छुट्याएको छ।

सरकारले गत चार आवदेखि बोनस बाँड्न रोक लगाए पनि निगमले सो शीर्षकमा रकम छुट्याउँदै आएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस