इन्धनमा स्वचालित मूल्य प्रणाली निस्क्रिय

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ बैशाख ४, बुधबार (६ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

बैशाख ४, काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा उतारचढाव आए पनि नेपाल आयल निगमले इन्धनको मूल्य यथावत् राखेको छ ।

भारतीय आयल निगम (आईओसी) ले पठाएको मूल्यअनुसार डिजल र पेट्रोलमा मूल्य बढेको जनाउँदै निगमले मूल्य यथावत् राख्ने निर्णय गरेको हो ।

निगमले डिजेल र पेट्रोलको मूल्य बढेको जनाए पनि हवाई इन्धन र मट्टितेलमा मौन छ । मूल्यसूची पनि सार्वजनिक गरिएको छैन ।

सरकारले ०७१ असोजदेखि पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनमा स्वचालित मूल्य प्रणाली लागू गरेको हो । कार्यविधिअनुसार आईओसीले प्रत्येक महिनाको १ र १५ तारिखमा नयाँ मूल्यसूची पठाउँछ । सोहीअनुसार निगमले मूल्य समायोजन गर्नुपर्छ ।

गत माघ १९ गतेकै समायोजन अहिलेसम्म कायम छ । आइओसीले अप्रिल १ देखि १५ सम्म पठाएको मूल्यसूचीअनुसार निगमलाई करिब ४२ करोड रुपैयाँ नाफा हुँदा पनि मूल्य समायोजन भएको थिएन ।

ताजा अपडेट

खोजी गर्नुहोस