शेयर बजार दिनहुँ उकालो लाग्दै ! एकैदिन अर्ब बढीको कारोबार

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ बैशाख ९, सोमबार (६ साल अघि)
  • २४ पटक पढिएको
Post Thumbnail

बैशाख ९,काठमाडौँ । गत चैतको अन्तिम साताबाटै बढ्न थालेको शेयर बजारले नयाँ वर्ष २०७६ लागेयता दैनिक नयाँ उचाई लिईरहेको छ। चालु आर्थिक बर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक हुनेक्रम जारी रहँदा दैनिक कारोबारमा समेत उल्लेखीय बढोत्तरी आउन थालेको छ ।

विशेष गरी वाणिज्य बैंकहरुका नाफा सम्बन्धीका सूचनाहरु बाहिरिँदा कारोबार समेत उछाल आएको छ। जसले गर्दा एकैदिन अर्ब बढीको कारोबार हुन थालेको छ ।

आइतबार नेप्से परिसूचक ३१.८९ अंकले बढेर १२६४.२० विन्दुमा पुगेको छ । १७१ कम्पनीका ३३ लाख २७ हजार कित्ता शेयर १ अर्ब २ करोड ४ लाख रुपैयाँमा खरिद विक्री भए ।

आइतबार कारोबारमा आएका १० उपसूचक मध्ये ८ वटा उपसमूहको सूचक सकारात्मक भएका छन् भने दुई वटा उपसमूहको सूचक नकारात्मक भएका छन् । यस दिनको बजारलाई बैंकिङ्ग समुहले उचालेको छ ।

बैंकिङ्ग समुहको सूचक ४५.९४ अंकले बढेको छ। यस्तै होटल समुहको सूचक ३४.८, विकास बैंक समुहको सूचक १६.९७, जलविद्युत समुहको ८.८७, फाइनान्स समुहको २.१३, लघुवित्त समुहको २६.९१ र जीबन बीमा समुहको सूचक २२.२५ अंकले बढेका छन्।

बढेको बजारमा पनि निर्जीबन बीमा समुह र उत्पादन समुहको सूचक घटेका छन्। उत्पादन तथा प्रशोधन समूहको ११.९२ अंक र र्निजीवन बीमा समूहको सूचक ७.२२ अंकले ओरालो लागेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस