‘राजनीतिक कार्यदिशाको ‘ओरियन्टेशन’ सहित पार्टी एकता भएको हो’ : प्रचण्ड

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ जेष्ठ १३, सोमबार (५ साल अघि)
  • ५७ पटक पढिएको
Post Thumbnail

नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले पार्टी एकतापछि आकाङ्क्षी धेरै रहेकाले व्यवस्थापन गर्न गा¥ह्रो रहेको बताएका छन । पत्रकार तथा साहित्यकार शहीद कृष्ण सेन इच्छुकको १७औँ स्मृति दिवसका अवसरमा आज प्रेस सङ्गठन नेपालले आयोजना गरेको कार्यक्रममा उनले विसं २००७ र विसं २०४६ को क्रान्तिभन्दा फरक मान्यताका आधारमा अहिले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने प्रक्रिया रहेको जानकारी गराए ।

सामाजिक न्याय र आर्थिक विकासका पक्षमा राष्ट्रिय पूँजीको विकास गरेर समाजवादका निम्ति तयारी गरिरहेको बताउँदै अध्यक्ष दाहालले भने, “विचारलाई नयाँ ढङ्गले संलेषण गर्नुपर्नेछ । राजनीतिक रणनीति र नारालाई अझै विकसित र परिमार्जन गर्नुपर्नेछ ।”

अहिले संसद्मा दर्ता भएका विधेयक छलफल भइरहेकाले नागरिक समाजमा चलेको बहसअनुसार ती विधेयकमा केही परिमार्जन गर्नुपर्ने भए प्रक्रियाअनुसार नै परिमार्जन गरी पारित हुने उनले बताए।

कतिपय मानिसलाई पार्टी एकता गरेर विचार छाड्छौँ कि भनेजस्तो लागेको भए पनि त्यसो नहुने बताउँदै भने, “विनाविचार पार्टी एकता गरिएको छैन । प्रष्ट वैचारिक मान्यता, सैद्धान्तिक निष्ठा र राजनीतिक कार्यदिशाको ‘ओरियन्टेशन’ सहित पार्टी एकता भएको हो ।”

सोही कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपाली प्रेसलाई कसरी बढी समृद्ध बनाउन सकिन्छ भनेर छलफलमा लागेको बताउँदै सरकार कुनै पनि हिसाबले प्रेसलाई नियन्त्रण गर्ने पक्षमा नभई नियमन गर्ने पक्षमा रहेको जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस