श्रृङ्खलावद्ध बम विस्फोट : विप्लव समूहले गुमायो चार सक्रिय कार्यकर्ता !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ जेष्ठ १३, सोमबार (५ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

जेठ १३,काठमाडौँ । राजधानीमा भएको श्रृङ्खलावद्ध बम विस्फोटमा मारिने चारै जना नेकपा विप्लव समूहले आफ्ना कार्यकर्ता भएको स्वीकार गरेको छ । पार्टी महासचिव नेत्रविक्रम चन्द विप्लवले सोमबार विज्ञप्ति जारी गर्दै विस्फोटमा महान, दीपेन्द्र, प्रज्वल शाही र निरन्तरको मृत्यु भएको स्वीकार गरेका छन् ।

मारिने मध्ये एक जना जनमुक्ति सेनाका कमाण्डरसमेत भएको खुलेको छ । तर, मृतकमध्ये को जनमुक्ति सेनाका कमाण्डर हुन् भन्ने खुलाइएको छैन । विज्ञप्तिमा ‘जेठ १२ गते काठमाडौंमा भएको विस्फोटमा पार्टी, जनमुक्ति सेना, जवसका कमाण्डर’ भन्दै क्रमशः महान, दीपेन्द्र, प्रज्वल र निरन्तरले शहादत पाएको लेखिएको छ ।

विप्लव समूहले घटना कसरी भयो भन्ने सत्यतथ्य बाहिर ल्याउने बताएको छ । तर, यसको मुख्य दोषी सरकारको फासीवादी दमन भएको बताएको छ ।

प्रहरीका अनुसार भने बम बिस्फोट हुँदा सुकेधारामा २७/२८ वर्षका कालिकोटका विभुराम भन्ने दिपेश विक, ३२र३३ वर्षका दाङको बबई गाउँपालिकाका गोकुल रानामगर र ठेगाना नखुलेका निरन्तर मल्लको मृत्यु भएको छ । घट्टेकुलो बिस्फोटमा प्रज्वल शाहीको मृत्यु भएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस