आर्थिक बर्ष २०७६/७७ बजेट : १५ खर्ब ३२ अर्बको बजेट, पूँजीगततर्फ ४ खर्ब ८ अर्ब

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ जेष्ठ १५, बुधबार (५ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

जेठ १५,काठमाडौँ । सरकारले आउँदो आर्थिक वर्षका लागि बजेट १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

यसमध्ये चालुतर्फ ९ खर्ब ५७ अर्ब १० करोड रुपैयाँ छुट्याएको छ भने पूँजीगततर्फ ४ खर्ब ८ अर्ब ५९ लाख र वित्तिय व्यवस्थातर्फ १ खर्ब ६७ अर्ब ८५ करोड रुपैयाँ खर्च छुट्याएको छ । सामाजिक सुरक्षा भत्तादेखि सांसदलाई बजेटसम्मका कार्यक्रम समेटेर सरकारले लोकप्रिय बजेट ल्याएको छ ।

बजेटको स्रोत जुटाउन सरकारले राजश्वबाट ९ खर्ब ८१ अर्ब १३ करोड उठाउने, वैदेशिक अनुदानबाट ५७ अर्ब ९९ करोड जुटाउने योजना छ । अपुग ४ खर्ब रुपैयाँ मध्ये २ खर्ब ९८ अर्ब वैदेशिक ऋणबाट र अरु१ खर्ब ९५ अर्ब आन्तरिक ऋणबाट पूर्ति गरिने बजेटमा उल्लेख छ ।

ताजा अपडेट

खोजी गर्नुहोस