विप्लवलाई एकपछि अर्को धक्काः प्रतिवन्धित नेकपाका चर्चित नेता सत्तारुढ नेकपामा प्रवेश गर्दै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ जेष्ठ १९, आईतबार (५ साल अघि)
  • २८ पटक पढिएको
Post Thumbnail

जेठ १९, काठमाडौँ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका पोलिटब्युरो सदस्य पदबहादुर राई सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गर्ने भएका छन्।

सरकारसँग वार्ता चलिरहेको र प्रगति भएको टिप्पणी केही समयअघि गरेपछि राईलाई विप्लवले केही समयअघि पार्टीबाट निलम्वित गरेको थियो ।

निलम्बनमा परेपछि असन्तुष्ट राईले विप्लव नेतृत्वको नेकपा परित्याग गरी सत्तारुढ नेकपामा प्रवेश गर्ने निर्णय लिएका हुन्।

राईलाई आइतवार पार्टी कार्यालय धुम्बाराहीमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र पूर्व प्रधानमन्त्री तथा अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले पार्टी प्रवेश गराउने कार्यक्रम तय गरिएको नेकपाका केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठले जानकारी दिएका छन्।

नेकपा केन्द्रीय कार्यालयले आइतबार १० बजेका लागि पार्टी प्रवेश कार्यक्रमसहितको पत्राचार पार्टी पंक्ति र पत्रकारहरुलाई गरिसकेको छ। विप्लवले कारबाही गरेदेखि असन्तुष्ट उनी त्यसलगत्तै नेकपाको सम्पर्कमा रहेको खुलेको छ।

पूर्वसंविधानसभा सस्दस्यसमेत रहेका उनी केही दिनअघि राष्टपति पूर्वसभासदहरुलाई गरेको सम्मानका क्रममा राष्टपतिको कार्यालयमा पनि पुगेका थिए। नेकपा नेता श्रेष्ठका अनुसार करिब एक महिना लामो छलफलपछि राईसहितका नेताहरुलाई पार्टीमा प्रवेश गराउने टुंगो भएको हो।

को हुन् राई ?

पूर्वभौतिक योजना तथा निर्माण राज्यमन्त्री राई तत्कालीन नेकपा माओवादी विभाजित भएपछि विप्लवसँग लागेका थिए । भोजपुरको बोया घर भएका राईसहितको नेता कार्यकर्ताको ठुलो पंक्ति तत्कालीन नेकपा माओवादी छाडेर विप्लवतर्फ लागेको थियो ।

राई माओवादीले जनयुद्ध थाल्नुअघिदेखि नै त्यस पार्टीमा संगठित थिए । उनलाई यसअघि गत निर्वाचनका क्रममा अहिलेका प्रदेश १ का मुख्यमन्त्री शेरधन राईमाथि बम हमला गरेको अभियोगमा प्रहरीले पक्राउ गरेर मुद्दा पनि चलाएको थियो । तर उनी अदालतको आदेशमा रिहा भएसँगै अर्धभूमिगत थिए।

उनी भोजपुर र खोटाङसहित पूर्वी पहाडी जिल्लामा जनयुद्धताका लोकप्रिय नेतामध्ये पर्दथे। उनी नेकपामा प्रवेश गर्ने भएपछि उनीसँग विप्लवमा रहेको कार्यकर्ताको पंक्तिबारे केही निर्णय भएको छैन। भोजपुरको बोया घर भएकार राई पहिलो संविधानसभा निर्वाचनमा भोजपुर क्षेत्र नम्बर १ बाट विजयी भएका थिए।

राई पहिलो संविधान सभा निर्वाचनमा भोजपुर क्षेत्र नम्बर एकबाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । उनी भौतिक योजना तथा निर्माण राज्यमन्त्रीसमेत बनेका थिए । पार्टी नीति विपरीत मिडियामा बोलेको भन्दै राईलाई पार्टीले कारवाही गरेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस