३ किलो चाँदीसहित वीरगञ्जबाट काठमाडौँ आउँदै गर्दा एक युवा पक्राउ

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ जेष्ठ २१, मंगलबार (५ साल अघि)
  • २६ पटक पढिएको
Post Thumbnail

जेठ २१, काठमाडौँ । अवैध चाँदीसहित एकजना युवालाई पर्सा प्रहरीले पक्राउ गरेको छ।

प्रहरीले अबैध चाँदीसहित पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर १ का ३२ बर्षीय मनोज यादवलाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले बिरगञ्ज महानगरपालिका ८ स्थित सन्ध्या डिलक्स बस काउन्टर अगाडी राखिएको ईन्भर्टर चेकजाँच गर्ने क्रममा सोही इन्भर्टर भित्र लुकाएर राखिएको ३ किलो ८ सय ग्राम चाँदीसहित यादवलाइ पक्राउ गरेको हो

पक्राउ परेका चाँदीको बजार मुल्य रु लाख ५४ हजार ६ सय २२ रुपैया रहेको प्रहरीले जनाएको छ।

यादव चाँदी लिएर काठमाडौं आउँन लागेको बेला पक्राउ परेको प्रहरीले जनाएको छ।

अवैध चाँदी सहित पक्राउ परेका यादवलाई आवहयक कारवाहीको लागि बीरगन्ज भन्सार कार्यालय बुझाईने जिला प्रहरी कार्यालय पर्साले जनाएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस