धादिङमा आल्मुनियम,स्टिल र ग्रील व्यबसायीहरुको पहिलो भेला, आचार्यको नेतृत्वमा तदर्थ समिती गठन

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ जेष्ठ २४, शुक्रबार (५ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

जेठ २४,धादिङ । धादिङका आल्मुनियम , स्टिल र ग्रील व्यबसायीहरुको पहिलो भेला धार्केमा सम्पन्न भएको छ । भेलाले रमेश प्रसाद आचार्यको संयोजकत्वमा ७ सदस्य तदर्थ समिती गठन गरेको छ ।

समितीको सहसंयोजकमा दिपक खड्का सदस्यहरुमा सफल कुँवर,सन्तोषकुमार भट्ट, दिनेश तामाङ,रामकृष्ण सुनुवार,अर्जुन अधिकारी चयन भएका छन । पहिलो भेलाले जेठ ३२ गते जिल्लाभरका व्यवसायीको पुर्ण भेला गर्ने निर्णय समेत भएको अध्यक्ष आचार्यले अनलाईन केन्द्रलाई बताए। उनले व्यवसायमा मुल्यको एक रुपता , कामदारको सुरक्षा , व्यवसाय दर्ता लगाएतको व्यवसाय हितका लागि संगठित हुनु परेको बताए ।

पछिल्लो समय एकपछि अर्को व्यवसायीहरुको हित र अधिकारको लागि संगठित हुने क्रम जारी छ । सोही अनुसार आल्मुनियम , स्टिल र ग्रील व्यवसायी पनि संगठित हुन थालेका हुन । यी व्यवसायीहरुको केन्द्रमा संगठन कायमै छ ।

ताजा अपडेट

खोजी गर्नुहोस