प्रेसलाई प्रतिपक्षीको बलियो साथ : देउवाले भने-‘मिडिया काउन्सिल विधेयक अघि बढाए सडक–संसद ठप्प पार्छौ’

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ जेष्ठ २४, शुक्रबार (५ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

जेठ २४,काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले मिडिया काउन्सिलसम्बन्धी विधेयक अघि बढाए संसद अबरुद्ध पार्ने चेतावनी दिएका छन ।

सभापति देउवाले मानव अधिकार हनन् हुने गरी आएको लोकतन्त्र विरोधी मिडिया काउन्सिल विधेयक संसदबाट अघि बढाउन खोजे संसद र सडक दुवै अवरुद्ध पारेर आन्दोलन चर्काउन आफ्नो पार्टी बाध्य हुने पनि बताए ।

शुक्रबार पार्टीले ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै सभापति देउवाले सरकारले बालुवाटारलगायतका सार्वजनिक तथा गुठीको जग्गा नियन्त्रणमा लिएर पार्टीका सांसदहरुलाई दिने काम गरिरहेको आरोप लगाए । ‘सरकारको त्यस्ता गतिविधि रोक्न पनि हाम्रो पार्टी लागिपर्छु’ उनले भने।

सभापति देउवाले सरकारले मिडियामाथि अंकुश लगाएर लोकतन्त्रलाई कमजोर बनाउने षड्यन्त्र गरिरहेको बताए । सरकारको हरेक कदम लोकतन्त्र र जनता विरोधी भएकाले आफ्नो पार्टीले प्रतिवाद गर्ने योजना तय गरेको सभापति देउवाको भनाइ छ ।

ताजा अपडेट

खोजी गर्नुहोस