असार २१, काठमाडौँ । गायिका निशा लिम्बुको स्वरमा रहेको गीत ‘तिमी तिमी…’ सार्वजनिक भएको छ। एकपछि अर्को लोकप्रिय गीत स्रोता/दर्शकमाझ पस्किँदै आएकी गायिका निशा लिम्बुको नयाँ गीत ‘तिमी तिमी…’ को भिडियो शुक्रबार सार्वजनिक भएको हो।
गीतको शब्द तथा संगीत उदय सोताङले गरेका छन्। कृष्ण लिम्बुको संगीत संयोजन रहेको गीतको रेकर्डिङ सावन शाहले गरेका हुन्।
गीतको भिडियोमा चाँदनी शाह र दीपक घिमिरेलाई देख्न सकिन्छ।