बाढी पहिरो वितण्डा : पहिरोले घर पुरिँदा आमा छोरीको मृत्यु

Post Thumbnail

असार २८, ओखलढुंगा । ओखलढुंगामा पहिरोले घर पुरिँदा आमा छोरीको मृत्यु भएको छ । जिल्लाको मोलुङ गाउँपालिका–७ पात्ले तालकोटमा शनिबार बिहान पहिरोले घर पुरिँदा उनीहरुको मृत्यु भएको हो ।

घरमाथिबाट आएको पहिरोले घर भत्काउँदा स्थानीय ४४ वर्षीय पुटी शेर्पा र उनकी १० वर्षीय छोरी याङजीको मृत्यु भएको वडा अध्यक्ष हेमबहादुर सुनुवारले जानकारी दिए । उनीहरुको

शव स्थानीयले पहिरो पन्छाएर निकालेको सुनुवारको भनाइ छ । ‘पहिरोले घर भत्काउँदा उनीहरुलाई बचाउन सकिएन,’ सुनुवारले भने, ‘धेरै कठिन गरी माटो फालेपछि शव भेटियो ।’ शवलाई पोष्ट मार्टमका लागि रुम्जाटार पठाउने तयारी भइरहेको श्रीचौर प्रहरीले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस