कोरिया जान भाषा पास गरेर मात्रै नपुग्ने !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ श्रावण ८, बुधबार (५ साल अघि)
  • ३२ पटक पढिएको
Post Thumbnail

साउन ८,काठमाडौँ । नेपाली कामदारमा डिप्रेसन र रोजगारदाता परिवर्तन गर्ने क्रम बढेपछि कोरियाली सरकारले सीप परीक्षण गरेर मात्रै नयाँ कामदार लिने भएको छ ।

स्नातक र स्नातकोत्तर उत्तीर्ण कामदार कोरिया गएपछि डिप्रेसनको सिकार हुने गरेको पाइएकाले कोरियाले सीपलाई प्राथमिकता दिएर कामदार लिने नीति लिएको हो ।

कोरियाले सन् २०२० जनवरी १ देखि लैजाने नेपाली कामदारको सीप परीक्षण गर्ने भएको छ । गत जुन ८ र ९ को भाषा परीक्षामा उत्तीर्ण भएका १२ हजार ९ जना सीप परीक्षणमा सहभागी हुनुपर्नेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस