नेकपामा स्कुल विभागको किचलो : चार नेताको दावी ! टुंगिसकेको विषय कसरी गिजोलियो ?

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ श्रावण ८, बुधबार (५ साल अघि)
  • २७ पटक पढिएको
Post Thumbnail

साउन ८,काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा यतिबेला स्कुल विभाग प्रमुखको जिम्मेवारी लिन तछाँडमछाड भईरहेको छ । खासगरी पुर्वएमालेबाट ईश्वर पोखरेल, घनश्याम भुषालको प्रमुख दावेदारी रहेको छ । तर पार्टीको निति तथा सिदान्त तय गर्न र सैदान्तिक दक्षतामा आफ्नो विशेष दख्खल र योगदान रहेको भन्दै पछिल्लो समय पुर्वएमालेबाटै वेदुराम भुषालको दावी चर्चामा छ ।

उता पुर्वमाओवादीमा नारायणकाजी श्रेष्ठले कुनैपनि हालतमा आफुले स्कुल विभाग पाउनुपर्ने बताईरहेका छन । विभाग प्रमुखको जिम्मेवारी कसलाई तोक्ने भन्ने सवालमा अहिले नेकपा अध्यक्षद्धय प्रचण्ड र ओली दुवै दवावमा रहेको स्रोत बताउछ । खासमा एमालेले नै संगठन,स्कुल र विदेश विभाग प्रमुख दिने सहमती भएपनि प्रचण्डलाई पार्टी प्रवक्ता समेत रहेका श्रेष्ठले स्कुल विभाग आफुले पाउनुपर्ने बताउदै आएका छन ।

श्रेष्ठले जनताको जनवादमा आफ्नो योगदान रहेको जिकिर गरेका छन । उता घनश्याम भुषालले भनेका छन– ,‘हो, मैले नेताहरुलाई भेटेर पार्टीमा न्याय भए मलाई स्कुल विभागको जिम्मेवारी दिनुहोस् भनेको छु ।’ आफू भएको पार्टीको कमिटिसम्म यो छलफल आइनपुग्ने देखेर आफूले नेताहरु मार्फत दाबेदारी प्रस्तुत गरेको उनको भनाई छ । उनले भने,‘यदि स्थायी कमिटिमा छलफल हुने भए म त्यही आफ्ना दाबेदारी प्रस्तुत गर्ने थिएँ । अब औपचारिक दाबेदारी नै गर्न नपाएपछि नेताहरुलाई आफ्नो कुरा सुनाएको हुँ ।’

नेता पोखरेल भने केही समयअघि देखि जनताको बहुदलिय जनवाद नै पार्टीको मुल सिदान्त हुनुपर्नेमा जोड दिँदै आएका छन । उनले मुलुक बहुदलिय प्रतिस्पर्धाको आधारमा अघि बढेको र त्यसमा जनताको जनवाद बहुदलिय व्यवस्थाले आउनेमा पोखरेलको तर्क छ । त्यसैले पनि उनि जनताको बहुदलिय जनवादको प्रखर वकालत गरिहरको छन । नेकपामा यतिबेला स्थायी समितीको बैठक नबसेको लामो समय भईसकेको छ । नेताहरुले आफ्नो विचार बैठकमा राख्न नपाएपछि आफ्ना विचार र गुनासा बाहिर पोख्न थालेका छन ।

यसरी तर्सियो पुर्वमाओवादी

करिव करिव पोखरेललाई स्कुल विभागको जिम्मेवारी दिईसकेको नेकपामा फेरी स्कुल विभाग कै जिम्मेवारीलाई लिएर श्रेष्ठले दावी पेश गर्नु पुर्वमाओवादी तर्सिएको आंकलन हुन थालेको छ । संगठन विभाग र स्कुल विभाग नै पुर्वएमालेको भागमा परेपछि पुर्व एमालेकै लयमा पार्टी अघि बढ्छ भन्ने पुर्वमाओवादी कित्तामा शंसय रहेको विश्लेषकहरु बताउछन । यद्यपी जिल्ला ईन्चार्ज र सहईन्चार्जको जिम्मेवारी दिँदा भागवण्डामा सहमती नै गरेर निर्णय गरिएकोले विभागको टुंगो पनि एकदुई दिनमा टुंगिने नेताहरु बताउछन । पछिल्लो समय सहमती मै जिम्मेवारी दिने पक्षमा रहेको र आकांक्षीहरुलाई अन्य कुनै जिम्मेवारी दिएर समझदारीमा ल्याउने प्रयास भईरहेको स्रोत बताउछ ।

ताजा अपडेट

खोजी गर्नुहोस