अन्ततः ग्यारेथ बेल रियल मड्रिडमै रहने भए

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७६ श्रावण १३, सोमबार (५ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

साउन १३, काठमाडौँ । ग्यारेथ बेल अन्ततः स्पेनिस क्लब रियल मड्रिडमै रहने भएका छन् । बेल चिनियाँ क्लब जाने अन्तिम तयारी भएको थियो । तर रियल मड्रिडले चिनियाँ क्लबसँगको तयारी सम्झौता अन्तिम समयमा रद्द गरेसँगै बेल रियल मड्रिडमै रहने निश्चित भएको हो ।

वेल्सका ३० वर्षे बेल तीन वर्षको सम्झौतामा चिनियाँ क्लब जियाङ्ग सुनइङ्ग जाने तयारी थियो । उनले हप्ताको १० लाख पाउण्ड पारिश्रमिक पाउने गरी सम्झौताको तयारी भएको थियो । तर रियल मड्रिड अन्तिम समयमा सम्झौताबाट पछि हटेको हो ।

गएको हप्ता रियल मड्रिडका प्रशिक्षक जिनेदिन जिदान रियल मड्रिड छोड्ने अन्तिम चरणमा रहेको र आफूहरुले उनको बर्हिगमनका लागि प्रयास गरिरहेको बताएका थिए । उनले बेलको बर्हिगमन सबैका लागि उपयुक्त हुने पनि बताएका थिए ।

बेल सन् २०१३ मा त्यो बेलाको विश्व कीर्तिमानी मूल्य ८५ मिलियन पाउण्डमा टोटनह्यामबाट रियल मड्रिडमा अनुबन्धित भएका हुन् । रियल मड्रिडसँगको उनको सम्झौता अझै तीन वर्ष बाँकी छ ।

रियल मड्रिडले चिनियाँ क्लबसँग बेलका लागि ट्रान्सफर फि मागेको र चिनियाँ क्लबले दिन नचाहेकाले रियलले बेलको ट्रान्सफर रोकेको बताइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस