ग्रिजम्यान चम्किदा बार्सिलोनाको प्रभावशाली जित

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७६ भाद्र ९, सोमबार (५ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

भाद्र ९, काठमाडौं । एन्टोनी ग्रिजम्यान चम्किएको खेलमा बार्सिलोनाले स्पेनिस लिगमा प्रभावशाली जित निकालेको छ । आईतबार राति भएको खेलमा बार्सिलोनाले रियल बेटिसलाई ५–२ गोल अन्तरले हराएको हो । बार्सिलोनाको जितमा एन्टोनी ग्रिजम्यानले दुई गोल गरे ।

घरेलु मैदानमा डेब्यु खेलमा ग्रिजम्यान आफ्नो प्रभाव छाड्न सफल रहे । मुख्य खेलाडी लियोनल मेस्सी, लुईस स्वारेज र उसमान डेम्बेले मैदान नउत्रिएको खेलमा बार्सिलोनालाई ग्रिजम्यानले निराश बनाएनन् । उनी गत जुलाईमा १ सय ७ मिलियन पाउण्डमा बार्सिलोना आएका थिए ।

नाबिल फिकिरले १५ औ मिनेटमा गोल गर्दै पाहुना टोलीलाई सूरुवाती अग्रता दिलाएका थिए ।

तर ग्रिजम्यानले ४१ औ मिनेटमा खेल बराबरीमा ल्याएका थिए । ५० औ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै उनले बार्सिलोनालाई अग्रता दिलाए ।

कार्लोस पेरेजले ५६ औ मिनेटमा बार्सिलोनाको अग्रता ३–१ को बनाए । जोर्डी अल्बाले ६० औ मिनेटमा बार्साका लागि चौथो गोल गरे ।

अतुर्रो भिडालले ७७ औ मिनेटमा गोल गर्दै बार्सिलोनालाई ५–१ को अग्रता दिलाउन सफल भएको थिए । मोरोनले ७९ औ मिनेटमा एक गोल गर्दै पाहुना टोलीको हार अन्तर घटाउने काम गरे ।

स्पेनिस लिगको पहिलो खेलमा बिल्बाओविरुद्वको खेलमा ग्रिजम्यानले खासै राम्रो खेल्न सकेका थिएनन् । सोही कारण उनी दबाबमा समेत थिए ।

योसंगै बार्सिलोनाले स्पेनिस लिगमा पहिलो जित दर्ता गरेको छ । उसले २ खेलबाट ३ अंक जोड्दै तालिकाको नवौ स्थानमा उक्लिएको छ । रियल वेटिस अंक विहिन हुदै ताकिकाको पुछारमा छ । एजेन्सी

ताजा अपडेट

खोजी गर्नुहोस