विश्व नम्बर एक जोकोविच ओपन टेनिसको दोस्रो चरणमा

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७६ भाद्र १०, मंगलबार (५ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

भाद्र १०, काठमाडौं । विश्व नम्बर एक नोभाक जोकोविच युएस ओपन टेनिसको दोस्रो चरणमा प्रवेश गरेका छन् । न्युर्योकमा भएको पहिलो चरणको खेलमा स्पेनिस रोबर्तो कारबालेस बाएनालाई पराजित गर्दै जोकोविचले दोस्रो चरणमा स्थान बनाएका हुन् ।

तीनपटकका च्याम्पियन सर्बियन जोकोविचले बाएनालाई ६–४, ६–१ र ६–४ को सेटमा पराजित गरेका हुन् । जोकोविचले दोस्रो चरणमा अमेरिकी साम क्वेरी वा क्वान इग्नासिओ लोन्देरोसँग प्रतिस्पर्धा गर्ने छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस