नेपाल साफ यु–१५ फुटबलको फाइनलमा

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७६ भाद्र १२, बिहिबार (५ साल अघि)
  • २४ पटक पढिएको
Post Thumbnail

भाद्र १२, काठमाडौं । नेपाल भारतमा जारी १५ वर्षमुनिको साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ ।

बिहीबार भारतको कल्याणी रंगशालामा भएको ‘राउन्ड रोबिन लिग’को अन्तिम खेलमा भुटानलाई ६–० ले हराउँदै नेपाल फाइनलमा पुगेको हो ।

नेपाललाई जिताउन कप्तान प्रदीप लम्सालले दुई तथा अशिम राई, सुगम जिम्मी, क्रिस सापकोटा र निराजन खत्रीले एक/एक गोल गरे ।

उपाधिका लागि नेपालले अब शनिबार भारतसित खेल्नेछ ।

भारतले सबै खेलमा जित हासिल गर्दै फाइनलमा ठाउँ बनाएको हो ।

बिहीबारै अन्तिम खेलमा भारतले साविक विजेता बंगलादेशलाई ४–० ले हरायो । भारतलाई जिताउनेक्रममा हिमांशु जान्ग्राले ‘ह्याट्रिक’ गरे ।

पहिलो खेलमा भारतसित ५–० ले पराजित भएको नेपालले त्यसपछिका खेलमा श्रीलंकालाई २–० ले तथा बंगलादेशलाई ४–१ ले हराएको थियो ।

प्रतियोगितामा नेपाल तेस्रोपटक फाइनलमा पुगेको हो । यसअघि, सन् २०१३ र २०१७ मा पनि फाइनल पुगेको नेपालले उपाधि जित्न सकेको छैन ।

भारत र बंगलादेशले समान दुईपटक उपाधि जितेका छन् ।

शनिबारको फाइनल जिते नेपालले कीर्तिमान रच्नेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस