ग्रिनल्यान्डलाई दोहोरो उपाधि

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७६ भाद्र १४, शनिबार (५ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

भाद्र १४, काठमाडौं । आयोजक ग्रिनल्यान्डले चौधौं क्विक्स चिजबल ग्रिनल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा शुक्रबार दोहोरो उपाधि जितेको छ ।

ग्रिनल्यान्ड सिनियर ब्वाइज र गल्र्समा च्याम्पियन बन्यो । जुनियर ब्वाइजमा लालीगुराँस पहिलो भयो ।

सिनियर ब्वाइज फाइनलमा ग्रिनल्यान्डले टीआईएलाई ५२–४५ ले पराजित गर्यो । ग्रिनल्यान्डका सम्पूर्ण गुरुङले १९ अंक जोडे ।

सिनियर गल्र्स फाइनलमा ग्रिनल्यान्डले एचएचसीएलाई ४०–२८ ले हरायो । विजेताकी सुजाता जागरीले ११ स्कोर गरिन् । जुनियर ब्वाइज फाइनलमा लालीगुराँसले ग्रिनफिल्डलाई ३२–२२ ले पाखा लगायो । लालीगुराँसका दीपेश क्षेत्रीले ११ अंक बटुले ।

सिनियर ब्वाइजमा ग्रिनल्यान्डका सम्पूर्ण गुरुङ, जुनियर ब्वाइजमा लालीगुराँसका दीपेश क्षेत्री र सिनियर गल्र्समा ग्रिनल्यान्डी सितोषना केसी ‘मोस्ट भेलुएबल प्लेयर’ चुनिए । सिनियर ब्वाइजमा टीआईएका सम्राट गुरुङ (९६ अंक) सिनियर गल्र्समा एचएचसीएकी अनिता राई (८७ अंक) प्रतियोगिताकै सर्वाधिक स्कोरकर्ता बने ।

सिनियर ब्वाइजमा ग्रिनल्यान्डका राजीव आले मगर र सिनियर गल्र्समा ग्रिनल्यान्डकी स्किृति ढकाल उत्कृष्ट ‘थ्री प्वाइन्टर’ चुनिए ।

विजेतालाई प्याब्सनका सह अध्यक्ष डिके ढुंगाना, ग्रिनल्यान्डका प्रिन्सिपल थकिनकुमार गुरुङ, गोल्डेनपिकका प्रिन्सिपल छत्रमणि राईलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

ताजा अपडेट

खोजी गर्नुहोस