च्याम्पियन्स लिग फुटबलमा रोनाल्डोको रेकर्ड गोल

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७६ आश्विन १५, बुधबार (५ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

असोज १५, काठमाडौं । पोर्चुगल तथा युभेन्टसका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले च्याम्पियन्स लिग फुटबलमा अर्को रेकर्ड गोल गरेका छन्।

गएराति जर्मन क्लव बायर लिभरकुसनविरुद्ध गोल गर्दै उनले सबैभन्दा धेरै टिमविरुद्ध गोल गर्ने राहुल गोन्जालेजको रेकर्ड बराबरी गरेका हुन्।

उनले लिभरकुसनविरुद्ध गरेको गोल ३३ फरक क्लवविरुद्ध थियो। यसअघि रियाल मड्रिडका राहुलको नाममा उक्त रेकर्ड कायम थियो। च्याम्पियन्स लिगमा रोनाल्डोका चीर प्रतिद्वन्द्वी बार्सिलोनाका स्ट्राइकर लिओनल मेसीले पनि ३२ फरक टोलीविरुद्ध गोल गरिसकेका छन्।

च्याम्पियन्स लिगमा लिभरकुसनविरुद्धको गोल रोनाल्डोको यस सिजनकै पहिलो गोल हो।

रोनाल्डो च्याम्पियन्स लिगको इतिहासमा सर्वाधिक गोल गर्ने खेलाडीसमेत हुन्। उनले लिगमा हालसम्म १ सय ३० गोल गरिसकेका छन्। उनलाई पछ्याइरहेका बार्सिलोनाका स्ट्राइकर लिओनल मेसीको १ सय १५ गोल पुगेको छ।

ताजा अपडेट

खोजी गर्नुहोस