२०२१ को लागि खुल्यो अमेरिकी डिभी चिठ्ठा, यसरी दिनुस् आवेदन

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ आश्विन १६, बिहिबार (५ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

असोज १६, काठमाडौं । अमेरिकाले सन् २०२१ को डाइभर्सिटी भिसा (डीभी) चिठ्ठा कार्यक्रमका लागि बुधबारदेखि आवेदन खुला गरेको छ।

गए राति १२ बजेदेखि खुला भएको डीभी चिठ्ठा कार्यक्रम कात्तिक १९ मा बन्द हुने अमेरिकी दूतावासले प्रेस विज्ञप्तिमार्फत जनाएको छ।

स्थायी बसोबास गर्न चाहनेका लागि अमेरिकाले संसारभरबाट चिठ्ठामार्फत छनौट गर्दै आएको छ।
यस वर्ष आवेदन फारम भर्दा पासपोर्ट नम्बर, पासपोर्ट म्याद र इमेल अनिवार्य गरिएको दूतावासले जनाएको छ।

एक व्यक्तले एकपटक मात्र आवेदन दिन पाउनेछन्।

डीभी चिठ्ठाका लागि कुनै शुल्क नलाग्ने तथा कन्सल्टेन्ट आवश्यक नपर्ने दूतावासले जनाएको छ। आवेदकले यसको वेबसाइटमा गई इलेक्ट्रोनिक डाइभर्सिटी भिसा (ईडीभी) आवेदन फारम भर्नुपर्ने दूतावासले जनाएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस