‘दी राईजिङ युथ क्लब’लाई धुनिबेशी नगर–स्तरिय फुटबल प्रतियोगिताको उपाधी

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७६ आश्विन १८, शनिबार (५ साल अघि)
  • ३० पटक पढिएको
Post Thumbnail

आश्विन १८,धादिङ । धुनिबेशी ६ तल्लो बानियाँटारमा सञ्चालन भएको नगर–स्तरिय फुटबल प्रतियोगिताको उपाधी द राईजिङ युथ क्लबले जितेको छ । ब्वाईज युथ क्लब र राईजिङ बिच भएको खेलमा राईजिङको तर्फबाट १ गोल गर्यो भने ब्वाईजले कुनै पनि गोल गर्न सकेन । बिजयी हुने समुुहलाई ३७ हजार पाँच सय नगद सहित सिल्ड, मेडल र प्रमाणपत्र र खसी प्रदान गरिएको थियो । यस्तै दोस्रो हुने ब्वाईज युथ क्लबलाई २२ हजार पाँच सय रुपैँया सहित तेस्रो हुने समुहलाई ११ हजार २ सय पचास रुपैँया नगद सहित सिल्ड, मेडल र प्रमाणपत्र सहित सम्मान गरिएको छ । यस्तै प्रतियोगिताको तेस्रो स्थानमा नौविसे खानीखोला युथ क्लव रह्यो ।

यस्तै प्रतियोगितामा सर्वाधिक गोल गर्नेमा रुपेश अधिकारी भएका छन । उनले प्रतियोगिता अवधीभर ३ गोल गरेका थिए , यस्तै उत्कृष्ट गोलकिपरमा सरोज श्रेष्ठ, उत्कृष्ट डिफेण्डरमा विवेक भण्डारी,उत्कृष्ट खेलाडीमा विवेक घलान, उदयमान खेलाडीका रुपमा सविन सापकोटालाई सम्मान गरिएको थियो ।

कार्यक्रममा धुनिबेशी नगरपालिकाका प्रमुख बालकृष्ण आचार्यले खेल सम्पन्न गर्नका लागि सहयोग गर्ने मुल आयोजक समिती, सन्चार माध्यम लगायतलाई पनि सम्मान पत्र प्रदान गरेका थिए । मेयर आचार्यले युवाहरुको जोशले आफु ज्यादै उत्साहित भएको बताउदै खेलकुदको क्षेत्रमा नगरले विभिन्न किसिमका आयोजना अघि सारिरहेको बताए । उनले नगरले खेल मैदान निर्माण र खेलाडी उत्पादनमा विशेष जोड दिएको बताउदै खेलकुदले पनि नगरको सम्बृद्धी योजना सफल पार्ने बताए ।

मुल आयोजक समितीका अध्यक्ष प्रदिप कोईरालाले खेल सम्पन्न गर्न सहयोग गर्ने सम्पुर्णलाई आभार प्रकट गरे । उनले आगामी बर्ष यस्तै खेलहरु सञ्चालन गर्ने र पहिलो पटक नगरस्तरीय खेल गरेकाले केही कमजोरी भएपनि आगामी बर्ष त्यस्ता कमजोरी नहुने दावी गरे । त्यसैगरी प्रतियोगिताका बरिष्ठ सल्लाहकार सुरेश आचार्यले खेल सम्पन्न गर्न महत्वपुर्ण भुमिका निर्वाह गरेका थिए ।

गत सोमबार देखी “स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद” भन्ने मुल नाराका साथ धुनिबेशी नगरपालिकाको आयोजना र धुनिबेशी नगरस्तरिय फुटबल प्रतियोगिता मुल आयोजक समितीको समन्वयमा प्रतियोगिता सुरु भएको थियो ।
कार्यक्रमकोअनलाईनकेन्द डटकम,रेडियो राजमार्ग लगायतका सन्चारमाध्यमहरु सन्चार सहयोगीको रुपमा रहेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस