सरकारको लोकप्रियता देखेर भारतीय बिस्तारवादले निहुँ खोज्दैछ : सुदेश पराजुली

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ कार्तिक ३०, शनिबार (५ साल अघि)
  • ५२ पटक पढिएको
Post Thumbnail

कात्तिक ३०, नवलपुर । अनेरास्ववियूका नेता सुदेश पराजुलीले कम्युनिष्ट सरकारको लोकप्रियता देखेर भारतीय बिस्तारवादले निहुँ खोजेको बताएका छन् ।

अनेरास्ववियू मध्यविन्दु बहुमुखी क्याम्पस नवलपुर कमिटिद्वारा शुक्रवार आयोजित नेतृत्व विकास तथा उत्प्रेरणमुलक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

भारतले अतिक्रमण गरेको नेपाली भूभाग फिर्ता गर्न माग गर्दै उनले कालापानी र नेपाली माटो नेपालीलाई प्राणभन्दा प्यारो भएकोसमेत उल्लेख गरेका छन् । उनले कम्युनिष्ट सरकारको लोकप्रियतासँग निहु नखोज्न समेत भारतलाई चेतावनी दिएका छन् ।

कार्यक्रममा बोल्दै नेता पराजुलीले विश्वविद्यालय शैक्षिक बेरोजगार उत्पादन गर्ने केन्द्र बनेको भन्दै रोश प्रकट गरे ।

उनले विश्वविद्यालयको शैक्षिक स्तर सुधार्न तथा शैक्षिक प्रमाणपत्र आधार दिने शौक्षिक कर्जा सहज र सरल रूपमा दिने व्यवस्था गर्न सरकारको ध्यानाकर्षण समेत गराए ।

ताजा अपडेट

खोजी गर्नुहोस