मंसिर १,काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गर्ने भएका छन । भोलि नै मन्त्रिपरिषद् पुनर्गठन हुने सम्भावना प्रवल रहेको नेकपा स्रोतले अनलाईन केन्द्रलाई बताएको छ ।
आइतबार साँझ बसेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा मन्त्रिपरिषद् पुनर्गठनबारे गम्भिरछलफल भएको स्रोतले बतायो ।
पुर्नगठित मन्त्रीपरिषद्मा कसलाई कुन जिम्मेवारी दिने ? भन्ने कुनै छलफल भएन । सचिवालयका एक सदस्य भने, ‘नामहरु टुंगो लागेको छैन । भोलि विहानसम्म तय होला ।’