मन्त्रीपरिषद् हेरफेरको तयारी: राष्ट्रपतिलाई भेट्न जाँदै प्रम ओली र प्रचण्ड

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ मंसिर ४, बुधबार (५ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

मंसिर ४, काठमाडौं । मन्त्रीपरिषद् हेरफेरको चर्चासँगै आज बिहान ९ बजे प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ राष्ट्रपति बिद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास जाँदै छन् ।

बालुवाटार स्रोतका अनुसार मन्त्रीमण्डल हेरफेरको बारेमा नेकपाका दुई अध्यक्ष राष्ट्रपति भण्डारीलाई भेटन् शीतलनिवास जान लागेका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो बसेको मन्त्रीपरिषद् बैठकमा मन्त्रीपरिषद् हेरफेरबारे बहालवाला मन्त्रीहरुलाई जानकारी गराएका थिए ।

उनले मन्त्रीहरुलाई आफूले आज केही निर्णय लिने जानकारी गराउँदै कुनैपनि औपचारिक कार्यक्रम नराख्न आग्रह गरेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस