मंसिर ४, काठमाडौं । सम्माननीय प्रधानमन्त्री १३ वर्षअघि भारतमा प्रत्यारोपित मृगौला फेर्न विदेश जाने तयारीमा छन् । तर, उनलाई आफ्नो मृगौला दिने उपकारी बुहारीका बुबाको व्यथा बेग्लै छ ।
आफ्नो मृगौला दिने भाइबुहारीका पिताजी अहिले आफैँ सोही समस्याबाट ग्रस्त भएका छन् । नाम हो, ध्रुव घिमिरे, चितवनका पुराना एमाले ।
प्रधानमन्त्रीका भाइ ताराकी पत्नी अञ्जान घिमिरेले १३ वर्षअघि आफ्नो एउटा मृगौला जेठाजुलाई दिएकी थिइन् । उनका बुबालाई पनि यही बिमारीले सताएको खबर भर्खर बाहिरीएको छ । आर्थिक सहयोगका निम्ति उन सरकार कहाँ नजानेमा छन् । सरकारको नीति पनि छ, मृगौला रोगीलाई सहयोग गर्ने ।
तर नीति भएरमात्रै के गर्नु, अस्ति सोमबार मात्रै मृगौला पीडित सरोकार समाजका नाममा बालुवाटार घेराउ भयो । उनीहरूले सरकारले घोषणा गरेको जीविकोपार्जनवापतको मासिक भत्ता र डायलाइसिस दिइँदै आएको सुविधा यथावत् राख्न माग गर्दै १४ बुँदे ज्ञापनपत्र लिएर गएका थिए । तर, प्रहरी लगाएर धपाइयो । जनआस्था साप्ताहिकमा खबर छ ।