राजपा अब संघीय सरकारमा सामेल होला त ?

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ पौष ९, बुधबार (५ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

पौष ९, काठमाण्डौँ । समाजवादी पार्टी सरकारबाट बाहिरिएपछि धेरैको आँखा अर्को दल राजपातिर सोझिएका छन् । राजपा अब संघीय सरकारमा सामेल हुन्छ र प्रदेश २ को सरकारसमेत हेरफेर हुन्छ भनेर रजानीतिक वृत्तमा अड्कल गर्न थालिएको छ ।

अड्कलबाजी जति सहज रुपमा गरिएको छ, राजपाका लागि भने सत्ता रोहण त्यत्तिकै कठिन छ । राजनीतिक इमान ख्याल गरेन र परिस्थितिअनुसार आफूलाई बदल्यो भने राजपाको सत्तारोहण धेरै टाढा छैन । केही समयदेखि आफैँले भन्दै आएका एजेण्डा सम्झियो भने उसका लागि सत्तारोहण सजिलो छैन ।

रजपाले केपी शर्मा ओली नेतृत्वको सरकारलाई समर्थन गर्दा र फिर्ता लिँदा संविधान संशोधन लगायतकै विषयमा अडान राखेको थियो । जुन कुरा सरकार छाड्दा अहिले समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले पनि राखेका छन् ।

राजपाले नेकपासँग संविधान संशोधन हुनुपर्ने, आन्दोलनमा लागेका आफ्ना नेता कार्यकर्ताको मुद्दा फिर्ता लिनुपर्ने, बन्दी रिहाइ गर्नुपर्ने माग राखेको थियो । अहिले यी मुद्दामा नेकपाबाट ठोस जबाफ आएको खण्डमा मात्र सरकारमा सामेल हुने नैतिक जमिन राजपालाई हुन्छ । नत्र यादवको बहिर्गमनको फाइदा उठाउँदै ठोस सहमतिबिना सरकारमा सामेल हुँदा उसमाथि यसअघि लाग्दै आएको ‘अवसरवादी’ दलको दाग अझ गाढा हुनेछ । यो खबर आजको कान्तिपुर दैनिकमा दर्गा खनालले लेखेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस